दफा १८
व्यक्तिगत घटनाको सूचना
(१) देहायको अवस्थामा देहायका व्यक्तिले व्यक्तिगत घटना दर्ता गराउनको लागि त्यस्तो घटना घटेको पैंतीस दिनभित्र तोकिए बमोजिमको फाराम भरी स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा सूचना गर्नु पर्नेछः- (क) जन्मको सूचना बाबु वा आमाले र निजहरुको अनुपस्थितिमा परिवारको अठार वर्ष उमेर पुगेको व्यक्तिले, (ख) मृत्युको सूचना बाबु, आमा, पति, पत्नी, छोरा वा छोरीले र निजहरुको अनुपस्थितिमा परिवारको अठार वर्ष उमेर पुगेको व्यक्तिले, (ग) विवाहको सूचना पति पत्नी दुवैले, (घ) सम्बन्ध विच्छेदको सूचना सम्बन्ध विच्छेद भएका सम्बन्धित व्यक्तिमध्ये कुनै एकले, (ङ) बसाइँ सराइको सूचना परिवारको अठार वर्ष उमेर पुगेको व्यक्तिले ।
(२) व्यक्तिगत घटना नेपालबाहिर घटेको भए उपदफा (१) बमोजिम सूचना दिनु पर्ने कर्तव्य भएको व्यक्तिले पैंतीस दिनभित्र सम्बन्धित नियोगमा वा नेपाल आएपछि पैंतीस दिनभित्र स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा सूचना दिनु पर्नेछ।
(३) उपदफा (१) बमोजिम व्यक्तिगत घटनाको सूचना दिनु पर्ने कर्तव्य भएको व्यक्तिले त्यस्तो सूचना दर्ता गराउनको लागि कुनै व्यक्तिलाई अधिकृत वारेसनामा दिन सक्नेछ।
(४) उपदफा (१) बमोजिम व्यक्तिगत घटनाको सूचना दिनु पर्ने कर्तव्य भएको व्यक्ति नभएको अवस्थामा तोकिए बमोजिमको व्यक्तिले त्यस्तो सूचना दिनु पर्नेछ।
(५) यस दफा बमोजिम व्यक्तिगत घटनाको सूचना दिँदा तोकिए बमोजिम बिद्युतीय माध्यमबाट दिने व्यवस्था मिलाउन सकिनेछ।